खानेपानीमन्त्री र मेयर साम्पाङ विच सिंहदरवारमा भेट – यसै वर्ष टेण्डर आह्वान हुने ।
एकीकृत खानेपानी आयोजना अन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगमा यस वर्षभित्र खानेपानी सम्बन्धी टेण्डर
माघ ८, काठमाण्डौ । धरानका मेयर हर्क साम्पाङले खानेपानी मन्त्री प्रदीप यादवलाई भेटेर धरानमा रहेको खानेपानी समस्याको समाधानका बारेमा छलफल गरेका छन् ।
धरानमा खानेपानीको धेरै ठुलो समस्या रहेको र उक्त समस्या समाधान गर्नका लागी पटक पटक आफु सिंहदरवार धाइसकेको गुनासो गर्दै आएका मेयर साम्पाङले यस पटक रित्तो कुच्चिएको गाग्री बोकेर मन्त्रीलाई भेट्ने भन्दै सोमबार काठमाण्डौ आएका थिय ।
मङ्गलबार सिंहदरबार पुगेका साम्पाङलाई खानेपानीमन्त्री यादवले भने, ‘मैले धरानवासीप्रति सधैँ सकारात्मक रहेको र खानेपानीको समस्या समाधानका लागि एकीकृत खानेपानी आयोजना अन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगमा यस वर्षभित्र खानेपानी सम्बन्धी टेण्डर आह्वान गर्ने प्रतिबद्धता व्यक्त गरेको छु ।
मन्त्री संगको भेटपछि पत्रकारसँगको कुराकानीमा साम्पाङले सरकारले आफ्नो माग पूरा गर्ने आश्वासन दिएको बताएका छन् । उनले भने, ‘सरकारबाट बजेट पाउने आश्वासन पाएको छु ।

प्रतिक्रिया दिनुहोस