सभामुखको गाडीलाई ट्राफिक प्रहरीले किन काट्यो चिट
प्रहरीले सिंहदरवारमै पुगेर चिट काटेको हो ।
वैशाख २, काठमाडौं । सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लघंन गरेको भनेर चिट काटेको छ ।
थापाथलीको सडकमा ट्राफिक नियम उल्लघंन गर्दै अन्य पछुवा गाडीहरुले पनि नियमको उल्लघंन गरेका थिए । सुरक्षा सहितका उक्त गाडीहरु सिंहदरवार पुगेका थिए । प्रहरीले सिंहदरवारमै पुगेर चिट काटेको हो ।
ट्राफिक प्रहरी स्रोतले चिट काटेको पुष्टि गरेको छ । ‘नियम उल्लंघन गर्ने सबै समान हुन् । यसको, उसको गाडीभन्दा पनि नियम उल्लंघन गर्ने गाडीलाई चिट काटिएको हो’, ट्राफिक प्रहरी स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस