राजनीतिक दलहरूले सार्वजनिक गर्ने घोषणा–पत्र केवल चुनाव जित्ने कागज नभई, राष्ट्र निर्माणको प्रतिबद्धता हो।
राष्ट्र सेवक कसैका दास भएर सेवा दिने ठाउँमा पुगेका होइनन् । आफ्नो क्षमता र योग्यताको प्रमाणित भएर गएका हुन।
फागुन ६, काठमाण्डौ । फागुन २१ गते हुन गैरहेको चुनावमा राजनीतिक दलहरुले राष्ट्र सेवक कर्मचारी हरुको बारेमा आफ्नो घोषणापत्रमा समेट्नु पर्ने बिषयहरु राख्दै नेपाल सरकारका उपसचिव प्रकाश मरासिनी लेख्नुहुन्छ राष्ट्र सेवक कर्मचारी हैसियतले विनम्र सुझाव छ । यदि सार्वजनिक सेवा प्रवाह सुधार्ने साँचो प्रतिबद्धता हो भने कर्मचारीको सेवा–सुविधा, मनोबल र पेशागत सुरक्षा लाई स्पष्ट रूपमा घोषणा–पत्रमा समेटिनुपर्छ । सेवा दिने मानिस असन्तुष्ट छ भने सेवा गुणस्तरीय हुन सक्दैन।
त्यसैले
महँगीअनुसार तलब समायोजन, दुर्गम तथा जोखिम क्षेत्रमा विशेष प्रोत्साहन, स्वास्थ्य बीमा र सामाजिक सुरक्षा सुदृढीकरण, कार्यक्षमताको आधारित पदोन्नति र प्रोत्साहन, राजनीतिक हस्तक्षेप विहीन, मेरिट–आधारित प्रशासन, अनुमान योग्य सरुवा र बढुवा ।
यी विषयहरू घोषणा–पत्रमा स्पष्ट प्रतिबद्धताका रूपमा आउनुपर्छ। हामी सुविधा मात्र खोजिरहेका छैनौं हामी उत्तरदायी, छिटो र नागरिक–मैत्री सेवा दिन सक्षम वातावरण खोजिरहेका छौं। कर्मचारीको मनोबल बलियो भयो भने सुशासन स्वतः बलियो हुन्छ। राज्य बलियो तब हुन्छ जब राष्ट्र सेवक सुरक्षित, सम्मानित र प्रेरित हुन्छ।
घोषणा–पत्रमा यो दृष्टिकोण समेटियो भने मात्र परिवर्तन सम्भव छ। राष्ट्र सेवक कसैका दास भएर सेवा दिने ठाउँमा पुगेका होइनन् । आफ्नो क्षमता र योग्यताको प्रमाणित भएर गएका हुन। राजनीतिक दलहरुले अब यी विषयलाई समेटी आत्मसम्मान सहितको सेवा प्रवाहमा जोड दिने कर्मचारी व्यवस्थापनको नयाँ खाका सहितको घोषणापत्र जारी होस् शुभकामना।

प्रतिक्रिया दिनुहोस