कांग्रेस सभापती थापाको पहीलो बैठक आज सानेपामा बस्दै ।
बैठकले भावी प्रधानमन्त्रीको उम्मेदवारमा रुपमा सभापति गगन थापालाई घोषणा गर्ने
माघ ९, काठमान्डौ । शुक्रबार आज दिउँसो १ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले केन्द्रीय पार्टी कार्यालय सानेपामा बैठकको आयोजना गर्दैछ ।
बैठकका लागि विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति र प्रदेश कार्यसमितिका सभापतिहरूलाई बोलाइएको छ । विशेष महाधिवेशनबाट गगन थापाको सभापतित्वमा कांग्रेसको नयाँ कार्यसमिति आएको थियो। साथै सभापति थापासहित पदाधिकारीहरूले पदभार ग्रहण गर्ने कार्यक्रम पनि छ । विशेष महाधिवेशनपछि पहिलो पटक केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सभापति थापा सर्लाही ४ बाट उम्मेदवार छन् । केन्द्रीय कार्यसमिति बैठकले भावी प्रधानमन्त्रीको उम्मेदवारमा रुपमा सभापति गगन थापालाई घोषणा जाने निर्णय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस