कर्नाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा लाई कर्णाली प्रदेशको स्वास्थ्य सेवामा जोड्ने मन्त्रि भण्डारी

स्वास्थय निकायस‌ंगको सम्बन्धमा देखिएको अन्तरलाई कम गर्ने विषयमा छलफल

दुल्लु खबर
९ वैशाख २०८३ १९:२०

सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (KAHS) जुम्लाको सेवा प्रवाहलाई कर्णाली प्रदेश सरकार मातहतका अन्य जिल्ला अस्पताल एबम् स्वास्थ्य संस्थाहरू संग जोड्ने विषयका बारेमा सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारीले KAHS टिमसँग छलफल गर्नुभएको छ।

संघीय सरकारद्वारा सञ्चालित KAHS र प्रदेश सरकार र मातहतका निकायसंगको सम्बन्धमा देखिएको अन्तरलाई कम गर्ने विषयमा छलफल केन्द्रित भएको छ। यसबाट प्रदेश सरकार र KAHS बीचको आपसी सम्बन्ध निर्माण गर्न तत्परता देखिएको छ।

स्वास्थ्य अनुसन्धानका लागि सहकार्य, उपचार सेवा प्रवाह, आयुर्वेद स्वास्थ्य सेवाको खोज अनुसन्धान, जनशक्ति परिचालन र स्रोत साधनको उपलब्धताको बारेमा छलफल भएको छ

 


धेरै पढिएको