सरकारको निर्णय भदौ २३ र २४ गते दमन गर्नेलाई कार्वही ।
गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकारलाइ पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्ने ।
चैत १३, काठमाडौं । नयाँ गठन भएको सरकारले जेनजी आन्दोलनमा राज्य बाट भएको दमनबारे जाँचबुझ आयोगको प्रतिवेदनलाइ कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकमा प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सस्मित पोखरेलले जानकारी गराय ।
गत ‘भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्नका लागी गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकारलाइ पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्नको लागी देहाय बमोजिम गर्ने भनेर सरकारको निर्णय पोखरेलले सुनाय ।
पोखरेलका अनुसार यसको कार्यान्वयनलाइ दुइ चरणमा छुट्याइएको छ ।
पहिलो, उल्लेखित आयोगले सिफारिस गरेको व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गर्ने र उक्त समितिले पेश गरेको सिफारिस बमोजिम कार्य गर्ने । दोस्रो, अन्य व्याक्तिको हकमा सो आयोगले गरेको सिफारिसलाइ तत्काल कार्यान्वयन गर्ने ।

प्रतिक्रिया दिनुहोस