एलन मस्कको इमेल – कर्मचारीले प्रगती विवरण नदिए राजिनामा दिनुपर्ने ।
कार्य दक्षता विभागका प्रमुख एलन मस्कले सबै कर्मचारीलाइ इमेल पठाएर एक हप्ताको प्रगती कार्य विवरण माग गरेका हुन ।
फागुन ११, काठमाण्डौ । एलन मस्कले लेखेका छन समाजिक सञ्जाल एक्समा कर्मचारी लाई छिटै एक इमेल प्राप्त हुनेछ । सरकारी कर्मचारी हरुले गत एक हप्तामा के कति प्रगती गरे भन्ने विषयमा प्रगती विवरण पेश गर्न पर्ने र यदी यसो नगरेमा राजीनामा दिन निर्देशन दिने जानकारी ट्रम प्रशासनले गरेको छ ।
कार्य दक्षता विभागका प्रमुख एलन मस्कले सबै कर्मचारीलाइ इमेल पठाएर एक हप्ताको प्रगती कार्य विवरण माग गरेका हुन । उक्त इमेलमा मस्कले कर्मचारीलाई गत हप्तामा के के कार्य गरेको हो ? भनेर प्रश्न गरेका छन् ।
अर्बपति एलन मस्क सरकारी खर्च कटौती र सरकारी सेवालाई चुस्त बनाउनका लागी गठन गरीएको विभागका प्रमुख हुन । उनको कार्यालयले सरकारी भार बनेका कार्यालय र कर्मचारी हरुको कटौति गर्ने नीति लिएको छ ।

प्रतिक्रिया दिनुहोस