सार्वजनिक यातायातमा कहिले आउला सुधार ।

अब बन्ने शक्तिशाली सरकारले सार्वजनिक यातायातलाइ अन्य सेवा जस्तै सम्झेर सुधार गर्ने उपाएहरु अवलम्वन गरोस शुभकामना छ ।

ईस्वर राज भण्डारी
५ चैत २०८२ ९:२२

चैत ०५, काठमाडौं । उपत्याकामा सार्वजनीक यातायातको अवस्था निकै कष्टकर छ । देशको राजधानी भएकोले यहाँका सडकमा हजारौ सवारी साधनहरु हरेक दिन गुड्ने  गर्दछन् तर बालबालीका, विषेश क्षमता भएका तथा बृद्ध मैत्री सवारी साधन भने छैनन् भन्दा हुन्छ । सुरक्षित सार्वजनिक यातायात सेवाले शहरको सुरक्षा, सौन्दर्यता र उक्त देश कत्तिको विकसीत छ भन्ने यथार्त झल्काउछ ।  नियमित कार्यालय र विद्यालय तथा क्याम्पस जाने हरु प्रत्यक दिन जोखिमपुर्ण यात्रा गर्न विवस छन् ।

भनिन्छ नि आफु नमरे स्वर्ग देखिन्न भनेर, हो तेस्तै कहानी संग मेल खाने गरी मैले पनी राजधानीका सवारी साधनहरु कति सहज र नागरीक मैत्री छन्, अनी उक्त सवारीका कर्मचारी हरु संगको व्यवहार कस्तो हुन्छ भनि नजिक बाट महसुस गर्न पाँय । हुन त म लामो समय देखि राजधानीमा बसेको हुनाले यहाँको सवारी साधनका बारेमा म राम्रो संग नै जानकार थिय । तर यो पटक म जानकार र जवान भैकन पनि अश्वस्थताका कारण हेर्दा उमेरले युवा तर व्यवहारत फटाफट हिड्न नसक्ने बच्चा जस्तो, छिटो छिटो गरी गाडि चढ्न र झर्न नसक्ने बृद्ध जस्तो मानौ एक किसिमको अपाड्ग जस्तै थिय । केहि महिनाको नियमीत माईक्रो र बस हरुको यात्राले मलाइ बचपनको याद गरायो, बृद्ध बृद्धाको अवश्थामा कल्पित गरायो, दृश्टी विहिन हरु बाटोमा हिड्दै गरेको दृश्य बोध भयो साथै बिरामि हरु कसरी नियमीत अस्पताल आउजाउ गरीरहेकाछन् भन्ने कुरा सम्झायो ।

नियमीत मोटरसाइकलको प्रयोग गर्ने म अस्वस्थताका कारण केहि महिनाका लागी मैले सार्वजनीक सवारीको प्रयोग गर्नु पर्ने भयो ।  उपत्यकामा उपलब्ध बस, ट्यम्पु, माईक्रो बस, साझाबस र पठाउ सबैको प्रयोग गरीयो । हरेक रुटमा फरक फरक सवारीको प्रयोग गर्ने मौका मिल्यो साथै अनुभव पनि फरक फरक हुने नै भयो ।

जुन सुकै सवारी साधनको प्रयोग गरेपनि बिरामी भएको मान्छेलाइ राजधानीमा यात्रा गर्न सहज भने रहेनछ नत बालबालीका हुन यात बृद्ध नै । सफा टेम्पुको प्रयोग गर्दा सुरुमा चढ्ननै गाह्रो  हुन्छ । पछाडी बाट बस्नु पर्ने भएकाले जमीन र टेम्पुको उचाइ निकै माथी हुने भएकाले बालबालीका, बृद्ध तथा बिरामीका लागी चढ्नै महाभारत हुन्छ । हेर्दा र सुन्दा सामान्य लाग्ने कुरा हो यो तर जब तपाइ आफुलाइ  बिरामी भएर सोच्दा या बालबालीका भएको सम्झनु होला ।  चढिसके पछि पनि कम्तीमा ५।६ जनाको लाईनमा कोचियरै यात्रा गर्नु पर्छ । पुरा मान्छे नभरीदा सम्म सवारी अगाडी बढ्न मुस्किल हुन्छ उनीहरुलाइ तपाँईको समयको मतलब हुने कुरै भएन ।  बिरामी, बालबालीका तथा बृद्धका लागी निकै कष्टकर यात्रा हुने गर्छ टेम्पुको यात्रा ।

माईक्रो बसमा यात्रा गर्दा सबैभन्दा बढी कष्ट भोगे मैले । माईक्रोबसमा चढ्दा निकै छिटो चढ्नु पर्ने हुन्छ ढिलो भएमा सहयोगीले घचेटेरै भित्र पुर्याइदीन्छन् पेसेन्जरलाई । बसको यात्रामा सिट पाउने सम्भावना निकै कम हुन्छ हुनत सिट पाइहाल्नु पर्छ भन्ने होइन तर आरक्षण सिटको पालना हुनु पर्दछ । स्टेसनमा गएर बसेपछी सिट पाइन्छ अन्यथा सिट पाउन निकै गाह्रो काम हो । माईक्रोबसहरुको उचाइ प्रयाप्त नहुने भएकाले उभिएर यात्रा गर्दा निकै कष्टकर हुने गर्दछ । प्रायजसो साना गाडिहरु निकै अनियन्त्रित भएर चल्ने गर्छन । सडकमा लेनको पालना गरेको निकै  कम देखिन्छ । बस चढ्दा र झर्दा निकै सजग भएर काम गर्नु पर्दछ हैन भने छिटो चढ्नु र छिटो झर्नु भनेर हतास गरिदिने गर्दछन् । स्टपमा कती समय कुर्ने हो कुनै निश्चित समय नभएका कारण गाडीहरुको कम्पिटिसनका कारण यस्तो भएको हो । यो समस्या आउनुमा गाडि चालकहरुको मात्र दोष छैन यो त पद्धतीमै गडबडि छ ।

बालबालीका, बृद्ध तथा बिरामीका लागी अन्य साधन भन्दा साझा यातायातका बसहरु प्रयोग गर्न केहि सहज छन् । उभिन, बस्न, चढ्न र झर्न ठुला साधन सजिलो हुने गर्दछ । ठुला साधनहरु नागवेली तरीकाले नचल्ने भएकाले पनि सुरक्षीत हुने गर्दछन् ।

सार्वजनिक यातायातको उचित व्यावस्थाले उक्त देशको विकासको स्तरलाई दर्साउछ । राजधानी जस्तो सुगम र विकसित ठाउँमा यात्रा गर्दा सबैको लागी सहज छैन भने दुर्गम र राम्रो यातायात व्यवस्था नभएको गाउँ र डाडापखा तिरको कस्तो अवश्था होला हामी सहजै अनुमान लगाउन सक्छौ । अब बन्ने शक्तिशाली सरकारले सार्वजनिक यातायातलाइ अन्य सेवा जस्तै सम्झेर सुधार गर्ने उपाएहरु अवलम्वन गरोस शुभकामना छ ।