चितवन जिल्ला अदालतमा उपस्थित भए रवि ।

मङ्गलबार दर्ता भएको मुद्दामा लामिछानेसहित १५ जना प्रतिवादी छन्

दुल्लु खबर
२३ माघ २०८१ ११:०८

माघ २३ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने बयानका लागि चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् । सहकारी ठगी प्रकरणमा आफूविरुद्ध मुद्दा दर्ता भएपछि आज बुधबार उनी अदालतमा उपस्थित भएका हुन् ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा लामिछानेसहित १५ जनाविरूद्ध चितवन जिल्ला अदालतमा मङ्गलबार मुद्दा दर्ता भएको थियो ।

प्रतिवादीमा पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछाने, छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरूङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफअली सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला, शिवबहादुर गुरूङ र प्रगति श्रेष्ठ रहेको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।

यसअघि असोज ८ गते दर्ता भएको पहिलो मुद्दामा १७ जना प्रतिवादी थिए । त्यो समयमा लामिछाने नाम किटान गरिएको थिएन । मङ्गलबार दर्ता भएको मुद्दामा लामिछानेसहित १५ जना प्रतिवादी छन् साथै गोर्खा मिडिया प्रालि, साहरा बचतसहित ६ वटा संस्था हरु पनि रहेका छन ।