गोसाईकुण्डमा बेपत्ता भएका दाजुभाइ मृत अवस्थामा फेला ।
काठमाडौंबाट साथीभाइसँग उनीहरू १० साउनमा गोसाइँकुण्ड गएका थिए ।
साउन १२, काठमाण्डौ । रसुवा स्थित तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्न गएका दाजुभाइ मृत फेला परेका छन् ।
विराटनगर महानगरपालिका-३ ढाटका २६ वर्षीय सुजन ढकाल र बेलबारी नगरपालिका–११ का २८ वर्षीय मनोज न्यौपाने आईतबार स्नान गर्ने क्रममा बेपत्ता भएका थिए । प्रहरीले खोजी गर्ने क्रममा सोमबार बिहान १० बजे मृत अवस्थामा उनीहरू फेला परेको हो ।
काठमाडौंबाट साथीभाइसँग उनीहरू १० साउनमा गोसाइँकुण्ड गएका थिए । आइतबार गोसाइँकुण्डमा स्थान गर्ने क्रममा दुवै बेपत्ता भएका हुन ।

प्रतिक्रिया दिनुहोस