पोखरामा देखियो कोरोना, एक महिलाको मृत्यु ।
स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी महिलामा असार २५ गते कोरोना संक्रमण देखिएको थियो ।
पोखरा । कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ सुचना स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खीमबहादुर खड्काले पुष्टि गर्नु भएको छ । ‘७४ वर्षकी महिला उपचारका लागि अस्पताल आउनुभएको थियो, ८ दिन अघि कोरोना डिकेक्ट भएको र हिजो मृत्यु भयो भन्ने जानकारी आएको छ, उनले भने ।
स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी महिलामा असार २५ गते कोरोना संक्रमण देखिएको थियो । उनको चरक अस्पतालमा उपचाररत भैरहेको थीयो । उनलाई उच्च रक्तचाप र मधुमेह पनि देखिएको अस्पताल प्रशासनले जनाएको छ । खड्काले भने, ‘अरू कारण पनि हुन सक्छन् तर कोरोना भन्ने पुष्टि भएको हो ।’
गण्डकी प्रदेशमा अहिले कोरोना सङ्क्रमणको दर बढ्न थालेको निर्देशनालयले जनाएको छ । हाल प्रदेशभर ८ जना सङ्क्रमित उपचाररत रहेका छन् । तीमध्ये कास्कीमा ५ जना छन् भने बागलुङमा २ र स्याङ्जामा एक जना छन् ।

प्रतिक्रिया दिनुहोस