वेलायतको हाउस अफ लर्डमा हिमालयन अवार्ड वितरण सम्पन्न ।

नेपाल सेन्टर इन्टरव्यासनल संस्थाले नै आगामी फेब्रुअरी ६ तारिखमा ल्यानकास्टर गेट, लन्डन मा अर्को सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको छ ।

दुल्लु खबर
२३ माघ २०८१ १५:२०

माघ २३, वेलायत । वेलायतको हाउस अफ लर्डस, वेस्टमिन्स्टरमा प्रतिष्ठित हिमालयन अवार्ड कार्यक्रम सम्पन्न भएको छ । उक्त समारोहमा नेपाली संस्कृति, पर्यटन, सामाजिक सेवा र नवप्रवर्तन क्षेत्रमा उल्लेखनीय योगदान पुर्यायका विश्वभरीका सातजना उत्कृष्ट व्याक्तित्वहरुलाई सम्मान गरीएको छ ।

फेब्रुवरी ४, २०२५ मा सम्पन्न उक्त कार्यक्रमको आयोजना सेन्टर फर नेपालीज कल्चरनेपाल सेन्टर युके ले गरेका थिए, जसको उद्देश्य विश्वभर नेपाली संस्कृति प्रवर्द्धनमा समर्पित व्यक्तिहरूलाई सम्मान गर्नु हो।

२०२५ को हिमालयन पुरस्कार प्राप्त गर्ने व्यक्तिहरूमा निम्नलिखित सातजना रहेका थिय किशोर कायस्थ नेपाल, रुबिना शर्मा बेल्जियम, देवी गर्बुजा पोर्चुगल, डा विनिता कपूर भारत, राजेश रेग्मी बेलायत, स्नेहा श्रेष्ठ बेलायत, सुमन्त बत्रा भारत ।

उल्लेखित व्यक्तिहरूलाई सांस्कृतिक आदानप्रदानको प्रवर्द्धन तथा नेपाली सांस्कृतिक सम्पदाको संरक्षण र प्रचारप्रसारमा पुर्‍याएको निरन्तर योगदानको आधारमा चयन गरिएको जानकारी संस्थाका अध्यक्ष्य निर्मल कुमार थापाले दिय ।

वेस्टमिनिस्टरमा भएको उक्त समारोहमा हाउस अफ लर्ड्सकी सदस्य ब्यारोनेस वर्मा प्रमुख अतिथिका रूपमा उपस्थित थिइन् । उनले पुरस्कार वितरण गर्दै आफ्नो हालैको नेपाल भ्रमणको अनुभव साझा गरेकी थिइन । साथै प्रमुख अतिथि ब्यारोनेस वर्माले नेपालको समृद्ध सांस्कृतिक विविधता र त्यसलाई कसरी सामाजिक(आर्थिक विकासमा रुपान्तरण गर्न सकिन्छ भन्ने विषयमा मन्तव्य राखिन् ।

हिमालयन अवार्ड पुरस्कार प्राप्तकर्तामध्ये भारतका कानूनी विज्ञ सुमन्त बत्रा ले भारतीय चलचित्र इतिहासको संरक्षण र सांस्कृतिक उत्सवमार्फत साहित्य प्रवर्द्धनमा गरेका आफ्ना प्रयासबारे अनुभव साटेकी थिइन ।

त्यस्तै गरी अर्कि पुरुस्कृत व्याक्तित्व बेलायतस्थित नेपाली समुदायकी एक मात्र अभ्यासरत महिला वकिल स्नेहा श्रेष्ठ ले नेपालको मनमोहक प्राकृतिक सौन्दर्य र विविध सांस्कृतिक सम्पदाप्रति आफ्नो प्रेम प्रकट गरिन् ।

उक्त समारोहमा वेलायत स्थित केहि नेपाली हरुले नेपाल र वेलायतको सम्बन्ध, नेपाली सस्कृती लाई प्रचार प्रसार गर्न निरन्तर लाग्ने आफ्नो विचार राखेका थिय । ग्रीनविचका मेयर काउंसिलर जित रानाभाट, लेफ्टिनेन्ट कर्नल टोल खम्चा र सेलस्टियन रेडियोकी प्रस्तोता तथा स्व सहायता नेतृ परवीन स्मिथ र हिमालयन अवार्ड बाट सम्मानीत राजेश रेग्मीले आफ्नो कार्यलाई निरन्तर दिने विचार व्याक्त गरे ।

नेपाल सेन्टर इन्टरनेशनल संस्थापक अध्यक्ष्य निर्मल कुमार थापाले हिमालयन पुरुस्कारले विश्व भरीका उत्कृष्ठ व्याक्तिहरुलाई सम्मान गर्न पाउदा गर्व महशुस भएको विचार राखे । अध्यक्ष्य थापाले हिमालयन अवार्ड २०१९ देखि वितरण गर्दै आइरहेको र आगामी दिनहरुमा पनि निरन्तर जारी रहजे जानकारी दिय । यस्ता कार्यक्रमले कलाकारको सम्मान हुने र नेपालीकोे सस्कृतीलाइ विश्व सामु चिनाउन सहयोग हुने जानकारी दिय ।

साथै नेपाल सेन्टर इन्टरव्यासनल संस्थाले नै आगामी फेब्रुअरी ६ तारिखमा ल्यानकास्टर गेट, लन्डन मा अर्को सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको जानकारी अध्यक्ष्य थापाले सार्वजनिक गरे ।