कर्णाली प्रदेशमा एच. पि. भि. खोप अभियान २०८१ शुभारम्भ ।
मन्त्री भण्डारी अपाङ्गता भएका व्यक्तिहरूको बीमा उपचार सँगै थप ५० प्रतिशत सहुलियत गर्ने योजना रहेको बताउनुभयो
माघ २२ सुर्खेत । ष्ट्रिय खोप कार्यक्रम अन्तर्गत एच. पि. भि. खोप अभियान २०८१ शुभारम्भ भएको छ। आजदेखि सुरु भएको खोप अभियानमा कक्षा ६-१० सम्म अध्यनरत विद्यार्थी र १० देखि १४ वर्ष उमेर समूहका विद्यालय नजाने किशोरीहरुलाई खोप लगाइनेछ।

देशभरबाट १६ लाख ८८ हजार किशोरी मध्य कर्णाली प्रदेश भर करिब १ लाख २० हजार जना किशोरीलाई लक्षित गरिएको छ। कर्णाली प्रदेश सरकारका तर्फबाट सुर्खेतस्थित लेकबेशी नगरपलिका ४ दशरथपुरमा अवस्थित श्री जीवनज्योति माध्यमिक विद्यालयमा सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारी ज्यूको उपस्थितिमा खोप अभियान शुभारम्भ भयो।

शुभारम्भ कार्यक्रममा बोल्नुहुँदै माननीय मन्त्री ज्यूले, धन र ज्यान दुवै गुमाउने अवस्थाबाट सुधार हुने क्रमको शुभारम्भ भएको बताउनुभयो।
स्वास्थ्यका कारण नागरिक बीचमा पीडा महसुस हुन नदिन प्रदेश सरकार गम्भीर भइरहेको जानकारी दिनुभयो। त्यस अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूको बीमा उपचार सँगै थप ५० प्रतिशत सहुलियत गर्ने योजना रहेको बताउनुभयो। दीर्घ रोग उपचारका लागि सरकारको योजना निर्माण हुँदै गरेको बताउनुभयो।
प्रदेश अस्पताल, मेहेलकुना अस्पताल लाई व्यवस्थित र सुविधा सम्पन्न बनाउने गरी काम भइरहेको बताउनुभयो । गुर्भाकोट बाटै सीटीईभीटी अन्तर्गत स्टाफ नर्स पढ्ने वातावरण बन्दै गरेको जानकारी दिनुभयो। लेकबेसी नगरपालिकालाई व्यवस्थित बनाउन जिम्मेवार भइरहेको बताउनुभयो


प्रतिक्रिया दिनुहोस