कर्णाली प्रदेशमा प्रज्ञा प्रतिष्ठान गठन सम्बन्धमा विज्ञ संग छलफल ।
कार्यक्रममा झन्डै पचास जना भन्दा धेरै कर्णाली प्रदेश का बिज्ञ हरुको उपस्थित रहेको थियो
भाद्र ९, काठमान्डौ । कर्णाली प्रदेशमा प्रज्ञा प्रतिष्ठान गठन का सम्बन्धमा विज्ञ संग छलफल कार्यक्रम २०८१, काठमान्डौमा छलफल सम्पन्न भयको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कार्यक्रम आयोजना गरेको हो ।
सामाजिक बिकास मन्त्री भय लगत्तै मन्त्री घनश्याम भण्डारी ले काठमान्डौमा उपलब्ध कर्णाली प्रदेशका बिज्ञ हरु संग अन्तक्रिर्या तथा छलफल गरेर आयका सुझाव हरुलाइ सम्बोधन गरि प्रतिष्ठान गठन गर्ने जानकारी दिनुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठान का सदस्य डा मधुसूदन गिरी ले भाषा कला साहित्य को महत्त्व र कर्णाली का सबै भाषा हरु लाई संरक्षण गर्ने विषयमा आफ्नो विचार राख्नुभयो ।
उक्त कार्यक्रममा झन्डै पचास जना भन्दा धेरै कर्णाली प्रदेश का बिज्ञ हरुको उपस्थित रहेको थियो ।

नेपाली भाषा साहित्य को उद्गगम स्थल भयको कर्णाली प्रदेशमा प्रदेश प्रज्ञा प्रतिष्ठान गठन गर्ने बिषयले सबै प्रदेश वासी लाई खुसी दियको बिचार धेरै उपस्थित भयका हरुले राखे ।
कर्णालीका बिज्ञ जगत पाण्डे ले योगी नरहरि नाथ लाई राष्ट्रिय विभुती बनाउनु पर्ने माग राख्नु भयो ।
उपस्थित वक्ताहरुले सामाजिक बिकास मन्त्री भण्डारीले प्रदेश प्रतिष्ठान गठन गर्ने बिषयमा ढुक्क रहेको साथै सबैका सुझाव हरुलाइ समावेश गरेर गठन गर्न अनुरोध पनि गरे ।


प्रतिक्रिया दिनुहोस