कर्णाली प्रदेश वाल अधिकार समितिको वैठक सम्पन्न ।
साउन ३१, सुर्खेत । सामाजीक विकास मन्त्रालयमा शुुक्रवार प्रदेश बाल अधिकार समितिको पहिलो बैठकमा बसेको छ ।
मन्त्रालयमा बसेको बैठकमा मन्त्री घनश्याम भण्डारीले महिला र बालबालीकाको सवालमा कानुनको कारणले काम भएन भन्ने अवस्था आउन नदिन निर्देशन दिनुभएको छ ।
मन्त्री भण्डारीले सरोकारवाला निकायले साझा धारणा बनाएर काम गर्नुपर्ने र न्यायका लागि आएका ब्याक्ति दुःख पाएर फर्किने अवस्था नआउने गरी काम गर्न निर्देशन दिनुभयो ।
साथै, उक्त बैठकले समितिको काम कर्तव्य र अधिकारको बारेमा छलफल गरेको छ । साथै समितिको सदस्यमा पवित्रा शाही (सुर्खेत), नवराज विसी (दैलेख) र राजेन्द्र विक्रम शाही (जाजरकोट) लाई मनोनयन गर्ने निर्णय पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस