रविन्द्र चन्द्र – कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त ।

कर्णाली प्रदेशको दैलेख, चौराठामा जन्मिएका ठकुरी हाल सुर्खेतको वीरेन्द्रनगर–७ का स्थायी बासिन्दा हुन्।

दुल्लु खबर
१२ चैत २०८२ १२:०८

चैत १२ सुर्खेत । कर्णाली प्रदेश सरकारले २०८२ चैत १२ गते बिहीबारको मन्त्रिपरिषद्को बैठकले प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा रविन्द्र चन्दलाइ नियुक्ति गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् को बैठकले सदस्य सचिव लगायत निम्न अन्य सदस्यहरुको समेत नियुत्र्त गरेको हो ।  प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा रविन्द्र चन्द्र (वीरेन्द्रनगर नगरपालिका ७ सुर्खेत), उपाध्यक्षमा प्रमोद हमाल (वीरेन्द्रनगर नपा ५ सुर्खेत) नियुक्ति र सदस्यहरुमा पंखबहादुर मल्ल (खाँडाचक्र नपा ७ कालीकोट), भीमकुमारी भुसाल (वीरेन्द्रनगर ३ सुर्खेत), गोर्खबहादुर शाही (चंखेली गापा ४ हुम्ला), पवनकुमार थापा (दुल्लु नपा ८ दैलेख) र किरणकिशोर सापकोटा (वीरेन्द्रनगर नपा ४ सुर्खेत) ।

 


धेरै पढिएको