ग्वार्को चोक स्थित ओभरपास आजबाट संचालनमा आउने ।
ओभरपास बनेपछी ग्वाको चोकमा हुने जाम हट्ने बिस्वास लिइयको छ ।
असार ६, काठमाडौं । ललितपुर स्थित ग्वार्को चोकमा बनाइएको ओभरपास आज प्रधानमन्त्रीले उदघाटन गर्ने कार्यक्रम छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार शुक्रबार प्रधानमन्त्री ओलीले उद्घाटन गरेपछि ओभरपासमा सवारी साधन खुल्ला गरिने छ ।
१२ फागुन २०७८ मा ठेक्का लागेको यो ओभरपास परियोजना सम्पन्न हुन ४ वर्षभन्दा बढी समय लागेको छ । तोकिएको समयमा काम सम्पन्न हुन नसक्दा सुरूको सम्झौताभन्दा १४ करोड लागत थप भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनायको छ ।
ग्वार्को ओभरपास अन्तर्गत २० मिटर स्पानसहित ४ लेनको पुल निर्माण भएको छ । यसबाहेक ५ सय मिटर लामो अप्रोच सडक बनेको छ ।
ओभरपास बनेपछी ग्वाको चोकमा हुने जाम हट्ने बिस्वास लिइयको छ ।

प्रतिक्रिया दिनुहोस