लुटेराहरुलाई समात्न खोज्दा सैफअलि खानमाथी भएको थियो आक्रमण ।
बास्तवमा सैफअलि खानले लुटेरा हरुलाई समात्न खोजेका कारण आक्रमण कारीहरुले उनलाई मार्ने हेतुले आक्रमण गरेका थिय । यस विषयमा प्रहरीले व्यापक अनुसन्धान गरिरहेको जनाइएको छ ।
माघ ०३, काठमाण्डौ । बलिउड अभिनेता सैफ अली खानलाइ गएराती चक्कु आक्रमण भएको थियो । अहिले उनको उपचार मुम्वइको लिलावती हस्पिटलमा भैरहेको छ । राती करीव साढे दुई बजे घर भित्र घुसेका लुटेरा हरुले उनिमाथि छ पटक चक्कु प्रहार गरेका थिय ।
बान्द्रास्थित उनको घरमा घटना घटे लगत्तै तिन बजे तिर उनलाइ हस्पिटल पुर्र्याइएको थियो । उनलाइ भेट्न उनकी पत्नि चाढे चार बजे तिर हस्पिटल पुगेकी थिइन् ।
सैफअलि खान लाई आक्रमण गर्ने व्याक्तिहरु कसरी घर भित्र छीरे भन्ने सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । सैफलाइलाई चक्कुले ६ पटकसम्म प्रहार गरिएको बताइन्छ । सैफको घाँटी र मेरुदण्डको नजिक गहिरो चोट लागेको छ उनको शरीरमा तीन इन्च गहिरो सम्म चोट छ ।
बास्तवमा सैफअलि खानले लुटेरा हरुलाई समात्न खोजेका कारण आक्रमण कारीहरुले उनलाई मार्ने हेतुले आक्रमण गरेका थिय । यस विषयमा प्रहरीले व्यापक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस