सबै पालिकाबाट परम्परागत सिप परिक्षण हुनेछः मन्त्री भण्डारी

पुराना वास्तुकला, गहना, मूर्तिकला, काष्ठकला लगायतका रैथाने सिपहरु आजपनि समाजमा कायम रहेको बताउदै यसलाई औपचारिक प्रमाणीकरण गर्न गरिएको अभियानलाई स्थानीयकरण गरिनुपर्ने बताए ।

दुल्लु खबर
२५ पुष २०८१ २२:५९

पुस २५, सुर्खेत । कर्णाली प्रदेशका सबै पालिकाबाट सिप परिक्षण हुने तयारी भएको जनाइएको छ । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले परम्पारगत सिपहरुको परिक्षण गर्न लागिएको जानकारी दिए । अनौपचारिक शिक्षाको राष्ट्रिय योग्यता प्रारुपलाई स्थानीयकरण गर्न तथा स्थानीय तहको क्षमता विकास कार्यशालाको उद्घाटन सत्रमा बोल्दै उनले परम्परागत सिपहरुको परिक्षण हुन आवश्यक रहेको बताए ।

कार्यशाला अन्र्तगत सुर्खेतको सिम्ता गाउँपालिका र कालीकोटको खाँडाचक्र नगरपालिकामा अनौपचारिक शिक्षाको राष्ट्रिय योग्यता प्रारुपलाई स्थानीयकरण गर्न नमूना परियोजनाको रुपमा कार्य भईरहेको छ । त्यसबमोजिम हुने कार्यक्रमहरुले सिप प्रमाणीकरणमा टेवा पुग्ने मन्त्री भण्डारीले विश्वास व्यक्त गरे ।

पुराना वास्तुकला, गहना, मूर्तिकला, काष्ठकला लगायतका रैथाने सिपहरु आजपनि समाजमा कायम रहेको बताउदै यसलाई औपचारिक प्रमाणीकरण गर्न गरिएको अभियानलाई स्थानीयकरण गरिनुपर्ने बताए ।

स्थानीय तहमा रहेको सामाजिक विकास इकाइ, उद्यमशिलता र रोजगारी शाखाबीचको समन्वयबाट पहिलो, दोस्रो र तेस्रो तहको प्रमाणीकरण गरी जुनसुकै निकायमा पेश गर्न सकिने योग्य रहने विश्वास व्यक्त गरे । मन्त्री भण्डारीले क्षमता विकास, अनौपचारिक शिक्षाको राष्ट्रिय योग्यताको प्रारुपलाई सहयोग पुग्ने बताए ।