ओली सरकार ढल्दैछ – रअ का पुर्व एजेन्ट लक्की विष्ट ।

नेपाल खतरनाक लाख्ने भन्दै उनले अन्तर्वार्ताका क्रममा नेपाल विश्वभरका गुप्चतर एजेन्सीको खेल्ने ठाउँ भएको पनि दाबी गरेका छन् ।

दुल्लु खबर
३० मंसिर २०८१ २३:०७

काठमाण्डौ । भारतीय गुप्तचर संस्था रअ का पुर्व एजेन्ट लक्ष्मण सिंह विष्ट ( लक्की विष्ट) ले केपी ओलीको वर्तमान सरकार एक महिनाभित्र ढल्ने भन्दै अन्तरवार्ता दिएका छन् ।

नवभारत टाइम्स भन्ने च्यानलमा अन्तवार्ता दिदै लक्कीले दावी गरेका छन की नेपालको बर्तमान सरकार पन्द्र दिन देखि एक महिना भित्र ढल्ने भनेर नयाँ समाचार आउने छ । युटयुवमा रहेको अन्तवार्तामा दावि गरीएको छ कि तपाइलाइ अचम्म लाग्ला तँपाईले केहि दिन भित्र सरकार ढल्नेवाला छ भन्ने समाचार सुन्नुहुनेछ । अहिले यो समाचार नेपालका सवैजसो मिडियाले छापिसकेका छन् ।

‘रअ’मा कार्यरत रहँदा थुप्रै देशमा आफूले काम गरेको बताएका उनले नेपालमा पनि सो क्रममा थुप्रै मिसन सफल गरेको बताएका छन् । तर, काम गर्न नेपाल जति गाह्रो अरू देशमा नभएको उनको भनाइ छ । नेपाल खतरनाक लाख्ने भन्दै उनले अन्तर्वार्ताका क्रममा नेपाल विश्वभरका गुप्चतर एजेन्सीको खेल्ने ठाउँ भएको पनि दाबी गरेका छन् ।

सरकार के कारणले ढल्नेवाला छ भनेर ठोस रुपमा उनले केहि पनि भनेका छैनन् । बर्तमान सरकार एमाले र नेपाली काँग्रेसको गठबन्धनवाट बनेको छ । सरकारका स्थिरताका विषयमा भने विज्ञहरुले टिकाटिप्पणी गर्दै आइरहेका छन् ।


धेरै पढिएको