आज सुनको भाउ १ लाख ४८ हजार ७ सय मात्र ।

यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।

दुल्लु खबर
११ मंसिर २०८१ ११:३०

मंसिर ११, काठमाण्डौ । आज मंगलवार सुनको भाउमा भारी गीरावट आएको छ । यकै दिन एक तोला सुनमा दुइ हजार छ सय रुपैया घटेको हो । सोमबार पनि सुनमा १५ हजार ९ सय रुपैयाँ घटेको थियो ।

मंगलबारका लागी नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ तोकेको छ । । यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ प्रतितोला २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८४५ रुपैयाँ रहेको चाँदी यस दिन १८२० रुपैयाँ कायम भएको छ ।