राष्ट्रपति पौडेल बाकु बाट स्वदेश फिर्ता ।

हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आह्वान गरेका थिए ।

दुल्लु खबर
३० कार्तिक २०८१ १२:०३

३० कार्तिक, काठमाण्डौ । राष्ट्रसंघीय जलवायु सम्मेलनमा सहभागी भएर राष्ट्रपति रामचन्द्र पौडेल आज शुक्रवार अजरबैजान बाट स्वदेश फर्किएका छन् ।

राष्टपति पौडेललाई उपराष्ट्रपति रामसहाय यादव र प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन ९कोप–२९० मा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल यही कात्तिक २५ गते अजरबैजान गएका थिए ।

सम्मेलनलाई कार्तीक २७ गते सम्बोधन गरेका राष्टपतिले सम्बोधनको क्रममा हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आह्वान गरेका थिए ।


धेरै पढिएको