टी–२० विश्वकप नेपाल नेदरल्यान्डविरुद् खेल्दै
टी–२० विश्वकप
अमेरीका । आज मंगलवार राति ८ः४५ बजे नेपालले नेदरल्यान्डविरुद्घ विश्वकप को पहिलो खेल खेल्दैछ । अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट मैदानमा नेपाल र नेदरल्यान्ड विच खेल हुनेछ । नेपालका कप्तान रोहित पौडेलले भनेका छन हाम्रो एकमात्र लक्ष्य भनेको जित हुनेछ ।
नेपालले सन २०१४ मा विश्वकप खेलेको थियो उक्त विश्वकपमा लेल्ने एकमात्र खेलाडी सोमपाल कामी हुन । अन्य सबै नयाँ खेलाडीले यो विश्वकप खेल्दैछन ।
विश्वकप २०२४ को सबैभन्दा कम उमेरका खेलाडी नेपालकै गुल्सन झा हुन् । गुल्शन १८ वर्ष १०९ दिन भएका छन् । साथै यस पटकको विश्वकपमा सवैभन्दा कान्छा कप्तान पनि नेपालकै छन् । कप्तान रोहित पौडेलको उमेर जम्मा २१ वर्ष छ ।

प्रतिक्रिया दिनुहोस