सुनमा बढेको भन्सारले कति पुग्यो नयाँ मुल्य

बजेटले सुनको भन्सार दर १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याएको हो ।

दुल्लु खबर
१७ जेठ २०८१ १३:०५

आर्थीक वर्ष २०८१/०८२ को बजेट भाषणमा सरकारले सुनको भन्सार दरमा हेरफेर गरेपछि नेपाली बजारमा सुन महङगीएको छ ।

बजेटले सुनको भन्सार दर १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याएको हो । पाँच प्रतिशत भन्सार दर ले झण्डै पाँच देखी छ हजार सम्म बढ्ने छ ।
नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख चालीस हजार पाँच सय रुपैया र तेजाबी सुन प्रतितोला एक लाख उन्चालीस हजार आठ सय रुपैयामा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार करका दरहरु बजेट लगत्तै कार्यान्वयनमा जाने भएकाले सुनमा पनि आज देखिनै बढेको रेटमा कारोवार भैरहेको छ ।