सुनचाँदी व्यवसायी महासङ्घको आन्दोलन देशै भरीका सुनचाँदी पसलहरु बन्द ।
सरकारले सुनमा २ प्रतिशत विलासिता र हिरामा १३ प्रतिशत भ्याट छ ।
काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेटमा सुन चाँदीलगाएत आभुषणमा लगाएको करका कारण सुन चाँदी व्यवसायी महासङ्ले विरोध जनाएको छ ।
सुनचाँदी व्यवसायीहरु आन्दोलनमा उत्रिएपछि आज देशैभरका सुनचाँदी पसल बन्द भएका छन् । नेपाल सुन चाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ लगाएत देशभरका सङ्घहरूले व्यवसाय बन्द गरेर विरोध जनाएका छन् ।
सरकारले आगामी बजेटमार्फत सुनमा २ प्रतिशत विलासिता र हिरामा १३ प्रतिशत भ्याट लगाएको विरोधमा आन्दोलनमा उत्रिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका जनाएको छ ।
व्यवसायी हरुले सरकारले सुनको भन्सार ६ प्रतिशत कायम गर्नुपर्ने माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस