सुनको भाउ आज पनी बढ्यो ।

बुधबार प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थीयो ।

दुल्लु खबर
१२ असार २०८२ १४:५८

असार १२, काठमाडौं । आज बिहीबार नेपाली बजारमा सुनको भाउ प्रत्यक तोलामा ३ सय रुपैयाँले बढेको छ ।

बुधबार प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको सुन आज बिहिबार नेपाली बजारमा प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मुल्य पनि तोलामा ३५ रुपैयाँ बढेको छ । हिजो बुधबार प्रतितोला २ हजार १ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  ।