आजको सेमिफाइनलमा नेपालले यूएई सँग खेल्दै

एसीसी प्रिमियर कप २०२४

दुल्लु खबर
७ वैशाख २०८१ ११:३१

काठमाडौँ । ओमानमा चलिरहेको एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल बिहान ११ः४५ बजे अल अमेरतको मैदानमा शुरु हुँदैछ । आजै दोस्रो सेमिफाइनलमा ओमान र हङकङ खेल्दैछन् । यो खेल अपरान्ह ४ः४५ बजे शुरु हुनेछ । नेपाल र यूएई एसोसिएट्स देशका चिरपरिचित प्रतिद्वन्द्वी मानिन्छन् ।

नेपाल र यूएईबीच अहिलेसम्म ९ वटा टी–२० खेल भएका छन् । जसमा नेपालले ५ खेल जितेको छ भने यूएईले ४ खेल जितेको छ । यस प्रतियोगिताको विजेताले सन् २०२५ मा हुने टी–२० एसिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देश एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुने छन् ।

समूह चरणमा सतप्रतिशत नतिजासहित समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । नेपालले समूह चरणमा साउदी अरेबिया, हङकङ, कतार र मलेसियालाई पराजित गर्दै समूह विजेता बनेको हो ।