समातियो १ करोड ८२ लाख नक्कली नोट, भारतीय चालक पक्राउ
काठमाडौं । भारतीय सवारीमा लुकाई राखिएको १ करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरिएको छ । सुनसरी प्रहरीले भारतीय नम्बर बीआर ११ एक्स ३४२९ स्कारपियोमा शंका लागेर जाँच गर्दा नक्कली नोट बरामद भएको हो ।
प्रहरीले भारत वीरपुरका २२ वर्षीय गाडी चालक मोहम्मद सैदयलाई समेत पक्राउ गरेको छ । गाडीमा सवार अर्का एक ब्यक्ति भने फरार भएका छन् । फरार व्यक्तिको प्रहरीले खोजविन गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस