खेलकुद क्षेत्रमा ६ अर्व बजेट अहिले सम्मकै धेरै ।
गत आर्थिक वर्ष २०८१/८२ को भन्दा यो बजेट २ करोड ५८ लाखले बढी हो । अघिल्लो आर्थिक वर्षमा युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब ५० करोड बजेट विनियोजन गरिएको थियो ।
Finance Minister Bishnu Prasad Paudel speaking at a Legislature-Parliament in Kathmandu, on Friday, July 22, 2016. Photo: RSS
जेठ १५, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले खेलकुद क्षेत्रमा अहिलेसम्मकै धेरै बजेट विनियोजन गर्नु भएको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि अर्थमन्त्री विष्णु पौडेलले ६ अर्ब ८ करोड बजेट विनियोजन गर्नु भएको हो ।
गत आर्थिक वर्ष २०८१/८२ को भन्दा यो बजेट २ करोड ५८ लाखले बढी हो । अघिल्लो आर्थिक वर्षमा युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब ५० करोड बजेट विनियोजन गरिएको थियो ।
अर्थमन्त्री पौडेलले खेल पूर्वाधारको निर्माण तथा खेलाडीको व्यावसायिकता विकासका लागि लगानी बढाउँदै लगिने साथै निजी क्षेत्रलाई खेलकुद क्षेत्रतथा पुर्वाधारमा लगानी गर्न आकर्षित गरिने जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस