भन्सार छलेर भित्र्याइएको २६ लाख रुपैयाँबराबरको सामान बरामद
पश्चिम नवलपरासी — नेपाल प्रहरीले पश्चिम नवलपरासीको बर्दघाट र पाल्हिनन्दन गाउँपालिकाको गेर्मीबाट भन्सार छलेर भित्र्याइएको २६ लाख रुपैयाँबराबरको सामान बरामद गरेको छ ।
बुधबार जिल्लाको बर्दघाट नगरपालिका वडा नं. ४ मा रहेको एम.एस. स्क्रप (कवाड खाना) मा छापा मारेर १९ लाख ८० हजार रुपैयाँबराबरको ३० कार्टुन मोबाइलमा प्रयोग गरिने टेम्पर ग्लास बरामद गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी निरीक्षक सुदर्शन पन्थीले बताए । बरामद भएको सामान इलाका प्रहरी कार्यालय बर्दघाटले आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा पठाइएको छ ।
सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी तथा राजश्व अनुसन्धान कार्यालयबाट खटिएको संयुक्त टोलीले ५ लाख ९६ हजार बराबरको चिनी बरामद गरेको प्रहरीले जनाएको छ । बरामद भएको सामान आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस