पथरीशनिश्चरेमा १५ वर्षीया किशोरीको बीभत्स हत्या
काठमाडौं । मोरङको पथरीशनिश्चरेमा एक किशोरीको हत्या भएको छ । प्रहरीका अनुसार उनको सोमबार राति हत्या भएको हो ।
घर पसिसरमा राति करिब ११ बजे अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरेर उनको हत्या गरेको प्रहरीको भनाइ छ । किशोरीको गर्धनसहित शरीरका विभिन्न भागमा हतियारको चोट देखिएको छ ।
आक्रमणका क्रममा उनी चिच्याएपछि दाजु विनोद कोठाबाट निस्किएर घटनास्थलमा गएका थिए । उनले आफू पुगेको केही बेरमै बहिनीको मृत्यु भएको प्रहरीलाई जानकारी गराएका छन् ।
उनी स्थानीय पञ्चायत माध्यमिक विद्यालयमा कक्षा ७ की विद्यार्थी हुन् । किशोरी मामाको छोरा विनोदले घरमा सञ्चालन गरेको होटलमा काम सघाउँदै, स्थानीय विद्यालयमा पढ्दै आएकी थिइन् ।
प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ । घरका मानिस एवं आसपास छिमेकका मानिससँग सोधपुछ गर्ने र शंकास्पद व्यक्तिको निगरानी गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस