सरकारी जग्गाको दुरुपयोग बढेपछि स्थानीय तहसँग विवरण माग
२९ माघ, काठमाडौं । पछिल्लो समयमा सरकारी र सार्वजनिक जग्गा दुरुपयोग हुने क्रम बढ्दै गएपछि संघीय सरकारले सोधखोज थालेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुसँग यसको तथ्यांक माग्न समेत सुरु गरेको छ ।
सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ मा गाउँपालिका वा नगरपालिकाको अधिकार क्षेत्रमा सार्वजनिक, ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा सम्बन्धी व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस