सापटी फिर्ता माग्दा मन्त्रीले दिए ज्यान मार्ने धम्की, प्रहरीमा पुग्यो उजुरी
काठमाडौं । सुदूरपश्चिमका सामाजिक विकास मन्त्रीविरुद्ध प्रहरीमा उजुरी परेको छ । मन्त्री झपट साउदविरुद्ध कैलाली प्रहरीमा उजुरी परेको हो ।
उनको उजुरीमा भनिएको छ, ‘समस्या छ भनी रुपैयाँ ऋण सापटी मागी लिएका थिए । निजले दिने समय अवधि समाप्त भइसक्दा समेत मलाई रुपैयाँ नदिई रुपैयाँ फिर्ता माग्न खोज्दा अनेक बहाना पारी आलटाल गर्ने तथा उल्टै ज्यान मार्ने किसिमले धाक धम्की दिने गरेको हुँदा निजलाई झिकाई आवश्यक छलफल तथा मलाई ज्यान मार्ने धम्की दिएको हुँदा मेरो शान्ति सुरक्षा समेत गरी पाउन यो निवेदन पेस गरेको हुँ ।’
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कूलदीप चन्दले बोहराले साउदले आफूलाई ज्यानको धम्की दिएको भन्दै उजुरी परेको पुष्टि गरे । घटनाबारे छानबिन हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस