निःशुल्क भोट गरौं , नेपाललाई विजयी बनाऔं ।

एउटा इमेल आईडी प्रयोग गरेर भोट निःशुल्क गर्न सकिने छ । भोट गर्न लिंक : bit.ly/votekopila

दुल्लु खबर
२३ असार २०८२ १५:२४

सुर्खेतमा रहेको कोपिला भ्याली स्कुल विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार २०२५ को शीर्ष १० मा छनौट भएको छ । यो नेपालकै लागि गौरवको कुरा हो ।

टि फोर एजुकेशनको पहलमा आधारित ५ उत्कृष्ट पुरस्कारहरूमध्ये वातावरणीय कार्य श्रेणीमा कोपिला भ्याली स्कुलले विश्वका अन्य स्कूलहरुसँगै उत्कृष्ट १० सुचीमा स्थान बनाएको हो । यो प्रतियोगितामा नेपालबाट कहिल्यै पनि कुनै विद्यालय अन्तिम सुचीमा परेको थिएन  यो नै पहिलो पटक हो ।

कम्यूनिटि च्वाइस अवार्डको लागि सार्वजनिक मतदान सुरु भइसकेको छ । कोपिला भ्याली स्कुल प्रथम हुन अन्य प्रतिस्पर्धी विद्यालयमध्ये उत्कृष्ट भोट ल्याउनु पर्नेछ ।

एउटा इमेल आईडी प्रयोग गरेर भोट निःशुल्क गर्न सकिने छ । भोट गर्न लिंक : bit.ly/votekopila