राउटे समुदायको भाषा र उनिहरूले प्रयोग गर्ने लिपिहरूलाइ अभिलेख गरीने छ – मन्त्री भण्डारी।
राउटेलार्इ मादक पदार्थ सेवन जस्ता कुलतमा लाग्न नदिन सबैले गम्भिर बन्नुपर्ने धारणा राखे ।
चैत ३ सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले राउटेलार्इ देखाउने काम भएको तर उपयोग हुन नसकिरहेको बताएका छन् ।
आज वीरेन्द्रनगरमा आयोजित जलवायु परिवर्तनले राउटे समुदायमा परेको असर र प्रभाव सम्बन्धी कार्यक्रममा बोल्दै उनले राउटे समुदायद्वारा निर्माण भएका कोशी, मधुस जस्ता सामाग्री ललितकलाको लागि प्रदर्शनी र बजारीकरण गर्न सके सही उपयोग हुने बताए ।

जङ्गलमा फिरन्ते जिवन बिताउने राउटे समुदायले जलवायु परिवर्तनका कारण विभिन्न जोखिमहरूसँग सामाना गरिरहेको छन । उनिहरूका लागि गाउँ, समुदाय, सरकार र सरोकारवाला निकायहरूले योजनाबद्ध कार्यहरू गर्नुपर्ने सुझाव दिए । साथै, राउटेलार्इ मादक पदार्थ सेवन जस्ता कुलतमा लाग्न नदिन सबैले गम्भिर बन्नुपर्ने धारणा राखे ।
स्वास्थ्य र शिक्षामा गम्भिर हुन ध्यान केन्द्रीत गर्दै राउटे समुदायमा भएको मूर्त र अमूर्त सम्पदाको संरक्षण गर्दै पुस्तान्तरण गर्न आवश्यक भएको बताए।
राउटे समुदायको भाषा र उनिहरूले प्रयोग गर्ने लिपिहरूलार्इ अभिलेख गर्न आवश्यक रहेको जनाउँदै सोही अनुरूप प्रदेश सरकारले आगामी दिनमा योजनावद्ध कार्य गर्ने जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस