कुलमानको जवाफ: मलाई स्पष्टीकरण सोध्ने अधिकार ऊर्जा मन्त्रालयलाई छैन ।
फागुन १५, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई सेवाबाट हटाउने विषयमा स्पष्टीकरण सोध्ने वा कारबाही गर्ने अधिकार ऊर्जा मन्त्री तथा उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई नभएको बताएका छन् ।
मन्त्रालयले कुलमान घिसिङलाइ सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफ दिँदै उनले आफूलाई मन्त्रिपरिषद्ले चार वर्षका लागि नियुक्त गरेकाले हटाउने विषयमा स्पष्टीकरण सोध्ने वा कारबाही गर्ने अधिकार पनि मन्त्रिपरिषद्लाई मात्रै भएको दाबी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस