क्यानको कार्वाहीमा सन्दीप लामिछाने।
जय ट्रफीको समयमा अम्पायरका बारेमा सार्वजनिक रुपमा सामाजीक सञ्जालमा लेखेका थिय
माघ ८, काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्वकप्तान सन्दीप लामिछानेलाई कारबाही गरेको छ ।
क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार लामिछानेले जय ट्रफीको समयमा अम्पायरका बारेमा सार्वजनिक रुपमा सामाजीक सञ्जालमा लेखेका थिय सोहि विषयलाई लियर लामिछानेलाई कार्वाही गरीएको हो ।
लामिछानेलाई अनुशासनको कार्वाही गरिएको छ साथै एक खेलका लागि लामिछानेलाई निलम्बन गर्दै स्पष्टिकरण पनि सोधिएको जानकारी प्रवक्ता लामाले दिय ।
सन्दीपले जनवरी १० मा सामाजिक सञ्जालमा नेपाली अम्पायरको स्तरमा सुधार हुनुपर्ने उल्लेख गर्दै अम्पायरको निर्णय राम्रो नभए धेरै खेलाडीहरूलाई असर पुग्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस