फलामखानी र मलकारखाना खोल्ने तयारी भैरहेको छ – प्रधानमन्त्री
दैलेखमा ग्यास उत्पादन हुदैछ ती सवै ठाँउमा उर्जा खपत हुनेछ, प्रधानमन्त्री ओलीले भने उर्जा बिक्रीको लागी चिन्ता लिनुपर्दैन ।
माघ ४, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा फलामखानी र मलकारखाना खोल्ने तयारी भैरहेको जानकारी दिएका छन् ।
इप्पानको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने ध्वस्त भएका उद्मोगहरुले पुनर्जीवन प्राप्त गर्दै छन् , हामि सँग आठ ओटा औद्मोगीक क्षेत्रहरु रहेका छन् अब सरकारले रासायनिक मल र फलामखानी खोल्ने तयारी गरिरहेको छ । दैलेखमा ग्यास उत्पादन हुदैछ ती सवै ठाँउमा उर्जा खपत हुनेछ, प्रधानमन्त्री ओलीले भने उर्जा बिक्रीको लागी चिन्ता लिनुपर्दैन । स्वतन्त्र उर्जा उत्पादक संग हो इप्पान ।
देशलाई आधुनिकीकरण र विकास गर्दै अँध्यारोबाट उज्यालोमा लाने प्रयासमा लागेका ऊर्जा उत्पादकहरूको योगदानको उच्च मूल्यांकन र प्रशंसा गर्दछु । तपाईँहरू लगानी गर्नुस् ।
सरकारले आगामी ११ वर्षभित्र २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनको मार्गचित्र तयार गरिसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस