प्रा.डा. पोख्रेल कांग्रेसको आर्थिक नीति तथा योजना विभाग प्रमुख ।
पुष ११, काठमाण्डौ । नेपाली कांग्रेस पार्टीले आर्थिक नीति तथा योजना विभाग गठन गरेको छ । सभापति शेर बहादुर देउवाले उक्त विभागमा १० जनालाई मनोनित गरेका छन् ।
कांग्रेसका केन्द्रिय सदस्य प्रा.डा. गोविन्दराज पोख्रेल प्रमुख रहेको उक्त आर्थिक नीति तथा योजना विभाग सदस्यमा मनोनित हुनेहरुमा प्रा। विनय कुसियत–धनुषा, प्रा।डा। रश्मी राजभण्डारी–काठमाडौं, डा। सुदन ओली–रोल्पा, डा। रेवतबहादुर कार्कि –ओखलढुंगा, डा। ईशा घर्ती–लम्जुङ कार्की–ओखलढुंगा, डा। प्रताप छत्कुली–धादिङ, डा। राजेन्द्र बीर चन्द–कैलाली, अमरबहादुर रोकाय–सुर्खेत, राजकुमार त्रिपाठी – धादिङ, होमप्रसाद घिमिरे–ललितपुर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस