सुनको मुल्यमा नयाँ रेकर्ड ।
चाँदीको मूल्यमा भने तोलामा १५ रुपैयाँले वृद्धि
भाद्र ५, काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मुल्यमा निरन्तर बृद्घि हुदा नेपाली बजारमा पनि सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
बुधबार सुनको मुल्यमा ८०० रुपैयाँले बृद्धि हुदै १ लाख ५३ हजार पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्यमा भने तोलामा १५ रुपैयाँले वृद्धि भएर १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस