रवि लामिछानेलाई थप ५ दिन थुनामा राख्न अनुमती ।
न्यायधीश चन्द्रकान्त पौड्यालको इजलासले लामिछानेलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
मंसिर २७, पोखरा । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लाई अदालतले थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
गत कार्तिक २ गते काठमाण्डौ बाट पक्राउ परेका लामिछाने सहकारी ठगी मुद्धामा प्रहरीको थुनामा रहेका छन् । प्रहरीले लामीछाने लाई ९दिन थुनामा राख्न माग गरेकोमा न्यायधीश चन्द्रकान्त पौड्यालको इजलासले लामिछानेलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
साथै अब प्रहरीले अभियोजन पत्र दायर गर्ने तयारी भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस