सार्क क्षेत्रमा गीत संगीतको प्रचार–प्रसार र संरक्षण गर्न सार्क म्युजीक फाउण्डेसन ।
यस संस्थामा सल्लाहकारका रुपमा संगीत रोयल्टी सङ्कलन समाज नेपालका अध्यक्ष सुरेश चन्द्र अधिकारी, रहनुभएको छ ।
असोज १९, काठमाण्डौ । सार्क राष्ट्रहरुको संगीत, कला र संस्कृतीको संरक्षण गर्दै सबै देशहरुमा भातृत्व कायम राख्दै संगीतका माध्याम बाट एकआपसमा जोड्ने उदेश्य सहित संगीतकार तथा गीतकार बि.पि वाग्लेको नेतृत्वमा सार्क म्युजीक फाउण्डेसन (SAARCE MUSIC FOUNDATION) नामक संस्था दर्ता भएको छ ।

दक्षिण एसियाली देश हरुमा छरीएर रहेका विभिन्न कला तथा साहित्यको जर्गेना गर्नका लागी कार्यक्रम गर्ने, प्रतियोगीताहरु गराउने, गोष्ठी गर्ने र सार्क राष्ट्र भरीनै प्रचार प्रसार गर्ने उदेश्य यस संस्थाले लिएको छ ।
यस संस्थामा नेपाली संगीतका गहनाहरु र देश विदेसमा नेपाली कला र संस्कृतीलाइ प्रचार प्रसार गर्न उल्लेख्य योगदान दिनुभएका व्याक्तीत्वहरु लाई सल्लाहकारका रुपमा राखेको छ । वरीष्ठ संगीतकार तथा संगीत रोयल्टी सङ्कलन समाज नेपालका अध्यक्ष सुरेश चन्द्र अधिकारी, वरिष्ठ गीतकार साथै संगीत रोयल्टी सङ्कलन समाज नेपालका सचिव वि पाण्डे, अग्रज लेखक तथा स्त्री रोग विशेषेज्ञ डा. भोला रिजाल, त्यसैगरी लेखक तथा कानुनविद शसि शर्मा मजगैया, दर्जनौ पुस्तकका लेखक साथै नेपाली कला संङ्खीत लाई विश्व सामु चिनाउन निरन्तर लागीरहनुभएका लेखक निर्मल कुमार थापा यस सार्क म्युजीक फाउण्डेसनका सल्लाहकार रहनुभएको छ ।
नेपाली संगीत क्षेत्रमा लामो समय देखि क्रियासील शास्त्रीय संगीतका पारखी गीतकार तथा संगीतकार बि.पि. वाग्लेले दर्जनौ गीतमा स्वर दिनुभएको छ साथै दर्जनौ गीतहरुमा संगीत पनि भर्नु भएको छ । यस संस्थाका संस्थापक अध्यक्ष समेत रहनु भएका वाग्लेले नेपाल सरकार बाट गत वर्ष राष्ट्रिय युवा प्रतिभा सम्मान –२०८१ पाउनुका साथै विभिन्न संघ संस्थाहरुबाट सम्मानीत हुनु भएको छ । यस संस्थाका उपाध्यक्षमा गणेस सुवेदी, सचिवमा भद्र वली, कोषाध्यक्षमा पार्वती चापागाई र कार्यकारी सदस्य अरुणा गन्दर्भ रहनुभएको छ । समितिका सवै पदाधीकारीहरु लामो समय देखि नेपाली गीत संगीत क्षेत्रमा सक्रीय रहेका व्याक्तीत्वहरु हुनुहुन्छ ।
त्यसैगरी सार्क म्युजीक फाउण्डेसनले संस्थाको पिआर सम्पर्कका लागी उद्दमसील युवा मोनीका सुवेदी र कार्यक्रम निर्देशकका रुपमा विभिन्न टेलीभिजन कार्यक्रमका अनुभवी मनोज के.सी. रहनुभएको छ । यस संस्थामा संचार संयोजकका रुपमा नेपाली पत्रकारीताको क्षेत्रमा लामो समयदेखि कार्यरत ईस्वर राज भण्डारी र कानुनी सल्लाहकारका रुपमा वरीष्ठ कानुनविद अरुण सुवेदी रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस