मिटरब्याजीको ११ करोड १५ लाख बढीको मिलापत्र गराइयो
महोत्तरी । महोत्तरीमा परेको मिटरब्याजीसम्बन्धी निवेदनउपर कारबाही गरी ११ करोड १५ लाख बढीको मिलापत्र गराइएको छ ।
उनका अनुसार जिल्लामा कूल दुई हजार आठ सय ३० मिटरब्याजसम्बन्धी निवेदन आएकामा ऋणी र धनी दुवै पक्षलाई बोलाएर एक हजार तीन सय ३९ निवेदनउपर छलफल गराई सात सय ५९ निवेदनमा मिलापत्र गराउन सफल भएर सो रकम बराबरको मिलापत्र गराइएको हो ।
त्यसैगरी, ऋणीबाट साहुद्वारा लिइसकिएको २० बिघा १३ धुर जग्गा पनि तिनै छलफलमार्फत फिर्ता गराउनसमेत सफल भएको प्रहरी नायब उपरीक्षक गिरीले बताए । अहिले जिल्ला प्रहरी कार्यालयमा मिटरब्याजीसम्बन्धी निवेदनउपर दैनिक रूपमा निरन्तर छलफल, सुनुवाइ र कारबाही प्रक्रिया तीव्र गतिले अगाडि बढाइएको छ । निवेदनहरूमा मिलापत्र गर्ने/गराउने सङ्ख्यामा दिनानुदिन वृद्धि भइरहेको छ ।
पछिल्लो एक महिना (फागुनभरि) मा मात्रै जिल्ला प्रहरी कार्यालय एक सय ८६ निवेदनउपर छलफल गराउँदा एक सय ५५ निवेदनमा मिलापत्र गराउन सफल भएको हो । ती निवेदनबाट चार करोड ९० लाख एघार हजार तीन सय ३४ को मिलापत्र र सात बिघा १३ धुर जमिन फिर्ता गराइएको हो ।

प्रतिक्रिया दिनुहोस