कैलालीमा लाइटर बोकेको ट्रकमा आगलागी

दुल्लु खबर
४ चैत २०८० १०:४२

धनगढी — चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमा आगलागी भएको एक साता नबित्दै पुन: शनिबार कैलालीको बर्दगोरियामा लाइटरसहितका सामान बोकेको ट्रकमा आगलागी भएको छ ।

प्र.३००१ ख. ००१२ नम्बरको ट्रक बर्दगोरिया गाउँपालिका १ स्थित मुडा र बौनियाको बीचमा आगलागी भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए । उनका अनुसार पूर्व-पश्चिम राजमार्गबाट पश्चिमतर्फ आउँदै गरेको उक्त ट्रकमा लाइटर, औषधि र खुर्सानी लोड थियो ।

सुरक्षा निकायले आगलागी नियन्त्रणमा लिएका छन् । आगलागीको कारण भने खुलेको छैन ।