१ चैत, विराटनगर । उदयपुरमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । उदयपुरको बेलका नगरपालिका– ७ मेनामैनीमा बोलेर गाडी दुर्घटना भएको थियो । दुर्घटनामा परी मृत्यु हुनेकाे संख्या आठ पुगेकाे हाे । ९ जना घाईते भएको प्रहरीले बताएको छ ।
सुनसरीको धरानबाट भोजपुरको घोडेटार तर्फ जाँदै गरेको को १ ज २५९३ नम्बरको गाडी आज बिहान ११ बजेको समयमा मैनामैनीमा सडकबाट अन्दाजी ४०० मिटर तल खसेको थियो ।
प्रहरीका अनुसार हतुवागढी गाउँपालिका–२ का ४० वर्षीय मानबहादुर बस्नेत र हतुवागढी गाउँपालिका– ५ का ४२ वर्षीय किसान राईको सनाखत भएको छ । मानबहादुर चालक हुन् । अन्य मृतकहरुको सनाखत हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस