आज महाराजगञ्जका केही ठाउँमा ४ घण्टा विद्युत सेवा अवरुद्ध हुने
१६ फागुन, काठमाडौं । आज काठमाडौंको महाराजगञ्ज क्षेत्रका केही ठाउँमा विद्युत आपूर्ति बन्द हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कामका लागि केही समय सेवा बन्द गर्न लागिएको हो ।
यस्तै, सोही वितरण केन्द्रअन्तर्गत १७ गते गोंगबु, सामाखुसी, टाउन प्लानिङ क्षेत्र, १८ गते चपली घुम्ती चोक र पासिकोट क्षेत्र, १९ गते हेपालीहाइटदेखि धापासी विद्यालय हुँदै दाहाल गौंडासम्मको सेवा ४ घण्टाका लागि बन्द हुनेछ ।

प्रतिक्रिया दिनुहोस