रविको प्रश्न: गैरजिम्मेवार अभिव्यक्ति दिने व्यक्ति संस्कृतिमन्त्रीजस्ताे पदमा कसरी बस्न मिल्छ?

दुल्लु खबर
६ पुष २०८० १२:४२

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गैरजिम्मेवार अभिव्यक्ति दिने व्यक्ति संस्कृतिमन्त्री जस्ताे जिम्मेवार पदमा कसरी बस्न मिल्छ भनी प्रश्न गरेका छन्।

उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री किराँतीले दिएकाे अभिव्यक्ति फिर्ता लिन र तत्काल पदबाट राजीनामा दिन माग समेत माग गरेका छन्।

मन्त्री किराँतीले बुधबार एक कार्यक्रममा दिएको अभिव्यक्तिको अहिले चौतर्फी विरोध भइरहेको छ। उनले हिजाे एक कार्यक्रममा ‘कृष्चियन नमान्ने संविधान विरोधी हुन्, उनीहरूलाई जेल हाल्नुपर्छ’ भन्नेपछि चाैतर्फी विराेध भएकाे हाे।

रास्वपा सभापति लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संस्कृतिमन्त्री सुदन किरातीको पछिल्लो अभिव्यक्ति,सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमा विपरीतको र अत्यन्तै खेदजनक छ। यस्तो गैर जिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृतिमन्त्रीजस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ? प्रधानमन्त्रीज्यू, गम्भीर ध्यानाकर्षण होस्।’

 

पुस ५, २०८० मा प्रकाशित

धेरै पढिएको