मध्य भारतको पटाका कारखानामा विस्फोट हुँदा ११ जनाको मृत्यु

दुल्लु खबर
२५ माघ २०८० १२:५१

एजेन्सी । मध्य भारतमा पटाका उत्पादन गर्ने एकाइमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

मध्य प्रदेश राज्यको हरदा जिल्लामा रहेको एकाइमा भएको विस्फोटमा कुल ९० जना घाइते भएका प्रहरी अधिकारीले बताएका छन् ।

कम्तीमा २५ जना गम्भीर घाइते भएका छन् । आगलागीले नजिकैका घरहरू जलाएको र करिब सय घरमा रहेका स्थानीय बासिन्दाहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको बताइएको छ ।


धेरै पढिएको