यमनका हुथी विद्रोहीद्वारा बेलायती तेल ट्याङ्करमा आक्रमण

दुल्लु खबर
१३ माघ २०८० १५:१४

 यमनको हुथी सशस्त्र समूहले अडेनको खाडीमा रहेको बेलायती तेल ट्याङ्करमा नयाँ मिसाइल आक्रमण गरेको बताएका छन् ।

उनीहरुले ट्यांकरमा आक्रमणपछि आगो लागेको बताएका हुन् । गाजामा प्यालेस्टिनी जनताको समर्थनमा आफूहरूले आक्रमण गर्नुपरेको उनीहरूको भनाइ छ ।

युएस–बेलायत सामुद्रिक गठबन्धनले आक्रमणको जवाफ दिँदै जहाज नजिकै दुईवटा मिसाइल विस्फोट भएको बताएको छ ।

यसै बीचमा, यूएस सेन्ट्रल कमाण्डले शुक्रवार हुथी समूहले एडेनको खाडीमा अमेरिकी विनाशक यूएसएस कार्नीतर्फ एउटा एन्टी–शिप ब्यालिस्टिक मिसाइल प्रहार गरेको बताएको थियो ।


धेरै पढिएको