नेपालले पायो ११५ रनको लक्ष्य

एसीसी प्रिमियर कप २०२४

दुल्लु खबर
३ वैशाख २०८१ १५:०७

३ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप २०२४ मा हङकङले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङ १७.५ ओभरमा ११४ रनमा अल आउट भयो ।

 

कप्तान निजाकत खानले २६ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेका थियनन् ।

नेपालका अभिनाश बोहराले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशीले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले २ र करण केसीले १ विकेट लिए । अल अमरेत क्रिकेट ग्राउण्ड १ मा भैरहेको छ ।